Posts

Showing posts from September, 2023

 

हरियो वन नेपालको धन बारे निबन्ध

Image
  निश्चय पनि ‘ हरियो वन नेपालको  धन’ हो।  नेपाल विकास उन्मुख मुलुक हो तर पनि वनमा भने धनी छ। नेपालमा  ठूला-ठूला जंगलहरु छन्, जंगलहरु भएकै कारणले नेपाल प्राकृतिक रूपले सुन्दर देखिएको छ। नेपालमा भएको जंगलको सदुपयोग गर्न सकेमा नेपाल धनी र नेपाली सुख हुन् सक्छन्। वनबाट हामीलाई नेपालीलाई थुप्रे फाइदाहरू छन्। बाँकी कारणले गर्दा समयमा वर्ष भई खेतीपाती हुने गर्छ। सिँचाइको लागि पनि वर्ष हुनु जरुरी छ। वनलाई प्राकृतिक बीमा भन्न सकिन्छ। किनभने बाढी र पहिरोलाई रोक्ने गर्छ। बेला-बेलामा भूक्षय भइरहने गर्छ।  पर्याप्त वन भएको ठाउँमा भू-क्षय हुन सक्दैन। वनबाट अनेकौँ जडीबुटीहरू निस्कने गर्छ। वनबाट नै पशुहरूलाई  घाँस  प्राप्त  हुन्छ।  सलाई बनाउने काठ, चन्दन, रबडको लस्सा, लह, मसला, बास इत्यादि वनबाट प्राप्त हुने गर्छ। वन अध्यात्म कालदेखि नै शान्तिको पुजारी रहेको छ। ऋषि-मुनिहरू अध्यात्म शान्तिको लागि वन-जंगलमै गएर तपस्या  गर्ने  गरेको यथेष्ट प्रमाण धार्मिक ग्रन्थहरूमा पढ्न पाइन्छ। जंगल जंगली जनावर, पक्षीहरूको आरक्षण पनि हो।  दुर्लभ जीवजन्तु वन-जंगलम...

सादा जीवन उच्च विचार बारे निबन्ध

Image
  सरल जीवन र उच्च सोच हामी सबैमा हुनु पर्छ। केवल जीवित जीवनमा विश्वास गर्नेहरूले मात्र सोच्न सक्छन् र जीवनमा महान कार्यहरू गर्न सक्छन्। जो मानिस सर्ब सम्पन्न छ तर पनि उसमा विचारको कमि छ र अरुलाई सधै तुच्छ सोच राख्छ भने यस्ता मानिसको समाजमा कुनै अस्थित्व हुदैन। त्यस्ता व्यक्तिहरू उनीहरूको इच्छाहरूलाई कृतज्ञतामा र अरूलाई प्रभावकारी बनाउनका लागी व्यस्त छन् र उनीहरूको भौतिकवादी सम्पत्तिहरू देखाउँछन् कि तिनीहरूको सोच यो सीमित हुन्छ। तिनीहरूले उच्च सोच्न वा विस्तृत मानसिकता विकास गर्न सक्दैनन्। अर्कोतर्फ, ती व्यक्तिहरूले बुझ्नका लागि उनीहरूलाई मात्र उनीहरूको आवश्यकताहरूमा ध्यान केन्द्रित गर्नुपर्छ र हरेक भौतिकवादी कुरा पछि उनीहरूको हृदय एक साधारण जीवनको नेतृत्वको लागि लामो समय पछि जान हुँदैन। तिनीहरू केवल आवश्यकताका चीजहरू किन्न र ध्यान दिन्छन् कि उनीहरूलाई आफ्नो कामको मार्गमा असल मनुष्य बन्न र तिनीहरूको सामान देखाउन नसक्ने फोकस गर्छन्। तिनीहरू उनीहरूको वरिपरी मद्दत गर्न प्रयास गर्छन्, आफैलाई धैर्य कार्यमा समावेश गर्दछ, वातावरण सुधार गर्नका लागि क्रियाकलापहरू बढाउन र महत्त्वपूर्ण रूपमा आ...

सामाजिक समस्य बारेमा निबन्ध

Image
  समाजमा हुने समस्यालाई सामाजिक समस्या भनिन्छ। हाम्रो समाजमा धेरै समस्या हुने गर्छ । कहिलेकाही झगडा हुने,भेदभाव गर्ने,अन्धविश्वास गर्ने आदि सामाजिक समस्या हुन् ।आजको दिनमा समाजमा समस्याहरु बढ्दै गएको छ । मनिष आफ्नो स्वार्थको लागि समस्याहरु उत्पन्न गर्छन । जस्तै – गाउँमा मानिसहरुलाई कुनै रोगको सिकार भयो भने अस्पताल नगएर धामी झाँक्री संग उपचार गराउन जानछन् ।यसै कारणले हरेक बर्ष धरै मानिसहरुको मृत्यु हुन्छ । हाम्रो समाजमा हत्याहिंसा,भेदभाव,दाइजो प्रथा,बाल बिवाह,लागु पदार्थ खाने आदि समस्याहरु हुन् ।ती मध्ये एक खतरनाक र अहिले बढी मात्रामा चलेरहेको समस्या लागु पदार्थ हुन्.तिब्र गतिमा बढिरहेको नसालु पदार्थलाई लागु पदार्थ भनिन्छ ।आज यसै कारणले मानिसको जीवनमा असर परिरहेको छ। यो हाम्रो स्वास्थकोलागि एकदमै खतरनाक बस्तु हो। जस्तै गाजा,दृग्स,चरेस,हेरोइने आदि । एस्तो चिज मानिसले खाएको भएर कति मानिसको मृत्यु भएको खबर आउने गरछन् । ढोस्रो समस्या भने हत्याहिंसा हो। आज यो आधुनिक युगमा मानिस आफ्नो स्वार्थ र कमाउनको लागि अरुलाई मर्ने कम गरछन् । समाजमा हत्याहिंसा बढ्दै गइरहेको छ। मानिसहरु पैसाक लागि धनी...

अनुशासनको महत्त्व बारे निबन्ध

Image
  अनुशासन एक त्यस्तो गुण हो जसद्वारा व्यक्तिले आफ्ना भावनाहरू र व्यवहारलाई नियन्त्रण गर्न सिक्छ। हाम्रो जीवनको हरेक मार्गमा अनुशासन अत्यन्त मूल्यवान छ। यसले व्यक्तिलाई जीवनमा प्रगति गर्न र सफलता प्राप्त गर्न प्रेरित गर्दछ। हामीले स्कूल, घर, कार्यालय, संस्था, कारखाना, खेल मैदान, रणभूमि वा अन्य स्थानमा अनुशासनको पालना गर्नुपर्दछ। अनुशासनले हामीलाई परिपक्व,सोच्न कार्य गर्न र जिम्मेवार निर्णयहरू लिन सक्षम गर्दछ। यसले हामीलाई आत्म-संचालित, आत्म-नियन्त्रित र आत्म-निर्देशित व्यक्ति बनाउँछ। यसले हामीलाई जिम्मेवार र प्रधान व्यक्ति बनाउँछ। अनुशासनलले एक व्यक्तलाई सफल पार्नको लागि प्रेरित गर्न र उसको जीवनमा प्रगति गर्न ठूलो र महत्त्वपूर्ण भूमिका खेल्छ। अनुशासनले एक व्यक्तिको चरित्र निर्माण गर्दछ। अनुशासन बिना, एक व्यक्तिको जीवन सुस्त र निष्क्रिय हुनेछ।अनुशासनको पलना गर्ने व्यक्तिले समाजमा उच्च पद र प्रतिष्ठा प्राप्त गर्दछ। अनुशासनको क्षेत्र ज्यादै फराकिलो पनि छ।घरपरिवारदेखि लिएर समाज, धर्म, संस्कृति, राजनीति, वित्त आदि सबै क्षेत्रमा अनुशासन चाहिन्छ । अनुशासन सामाजिक जीवनको एक अत्यावश्यक गुण ह...

विद्यार्थी जीवनबारेमा निबन्ध

Image
  विद्यार्थी भन्नाले विद्यालय तथा विश्वविद्यालयमा गएर औपचारिक रूपमा अध्ययन कार्यमा लाग्ने मानिसलाई जनाइन्छ । विद्यालय जान थालेका चार पाँच वर्षको बालबालिका देखि विश्वविद्यालयका विद्यार्थी समेत विद्यार्थीको समूहमा पर्दछन् । विद्यार्थी जीवन महत्वपूर्ण समय हो । यो ज्ञानआर्जनको समय हो । यदि हामीले यो जीवनमा विद्यार्थी जीवनमा धेरै ज्ञान आर्जन गरेमा हाम्रो जीवन सुखी बन्न सक्छ । विद्यार्थी जीवनमा पाएको उपलब्धिले नै हाम्रो भविष्य राम्रो हुन्छ । जब कुनै विश्वविद्यालयबाट पढ्न सुरू गरेर विभिन्न कलेज हुँदै विश्वविद्यालयमा पुगेर आफ्नो विद्यार्थी जीवन पूरा गर्छ। विद्यार्थी जीवन मानिसको जीवनको सबैभन्दा महत्वपूर्ण समय हो । एउटा विद्यार्थीले अहिलेको समयको सदुपयोग गरेर नै भविष्यमा महान् व्यक्ति बन्न सक्छ। विद्यार्थी आफूले पाएको ज्ञानबाट सन्तुष्ट हुनुहुँदैन । विद्यार्थी मेहनती र जिज्ञासु प्रकृतिको हुनुपर्छ । जुन विद्यार्थी अनुशासनको पालना गर्छ । जसले समयको पालना गर्छन्, जुन विद्यार्थी नियमित विद्यालय जान्छन्, जुन विद्यार्थी आफ्ना अभिभावक तथा अग्रजको निर्देशन मान्छन् ती विद्यार्थी नै असल विद्यार्थी हुन...

समयको महत्व बारेमा निबन्ध

Image
  समय भनेको बेला, काल र क्षण पनि हो । समयलाई देख्न र छुन सकिँदैन । अनुभव मात्र गर्न सकिन्छ । समयको सुर र अन्त्यका बारेमा भन्न सकिन्न । मानिसले समयलाई आफ्नो सुविधाका लागि सेकेन्ड, मिनेट, घन्टा, दिन, हप्ता, महीना र वर्ष भनेर वर्गीकरण गरेका छन् । समय निरन्तर रूपमा चलिरहन्छ। यो कहिल्यै रोकिँदैन। समयको पालना नगर्नाले मानिस पछाडि पर्ने हुनाले मानिसका लागि समयको धेरै महत्व छ। आजको बालक समय बित्दै जाँदा युवा, वृद्ध बन्दै जान्छ र एकदिन मृत्युको मुखमा पुग्छ । मानिसले बिहानको सुर्योदयसँगै आफ्नै क्रियाकलाप सुरू गर्छ अनि विद्यालयमा पुग्छ भने शिक्षक पनि ठिक समयमा कक्षाकोठामा प्रवेश गर्छ। किसान पनि आफ्नो खेतबारीमा काम गर्न ठिक समयमा त्यहाँ पुग्छ । जो मानिसले समयको पालना गर्दैन त्यसले आफ्नो गन्तव्य भेट्टाउँदैन। समयको परिवर्तन सँगै मानिसले आफ्नो जीवन शैलीमा परिवर्तन ल्याउँछ । जाडो याममा बाक्ला वा न्यानो कपडा लगाउनु, गर्मीमा पातला कपडा लगाउनु, समयको परिवर्तनका कारण हुन् । समयको पालना गरेर नै आज संसारमा मानिसहरूले नाम, दाम कमाएका छन् । समयको महत्वलाई बुझेर अगाडि बढ्ने मानिस जनुसुकै क्षेत्रमा पनि सफल ...

शिक्षाको महत्त्व बारे निबन्ध

Image
  ‘शिक्षा’ भन्ने बित्तिकै स्कूल, क्याम्पस आदिमा र घरमै पनि नियमित रूपले अध्ययन गर्ने-गराउने वा पढेको बन्दोबस्त मिलाउने काम भन्ने बुझिन्छ। सिकेर, पढेर, सुनेर वा अन्य कुनै पनि प्रकारले ग्रहण गरिने सैधान्तिक तथा व्यवहारिक विषयको बोध वा ज्ञान पनि शिक्षा नै हो। ‘शिक्षाको महत्त्व’ भनेको कुनै विषयमा सिकेर पोख्त हुने इच्क्षा वा चाहनाको महत्त्व हो। शिक्षा मानव जातिको तेस्रो चम्किलो आँखा भएकोले आजको युगमा यसको निकै ठूलो महत्त्व रहेको छ। शिक्षा विना मानिस ज्ञानले अन्धो नै हुन्छ। शिक्षा आजका मान्छेको एक महत्त्वपूर्ण गहन नै भएकोले यसको महत्त्व निकै ठूलो छ। हरेक विषयका बारेमा जान्ने-बुझ्ने तीव्र इच्क्षा वा चाहना मानिसमा रहको हुन्छ। यस्तो चाहना राख्नु मानवीय स्वभाव नै हो। मानिस जन्मदेखि उसको मृत्यु नहुन्ज्याललसम्म शिक्षा आर्जन गर्ने क्रम लगातार चालू भइ रहन्छ। मानिसले बालकालमा अरूका बोलेर वा कम गरेका अनुकरणबाट शिक्षा आर्जन गर्दछ। उसले स्कूल र क्याम्पस कक्षामा औपचारिक शिक्षा पाउँछ। त्यसपछि पनि उसको शिक्षा आर्जन गर्ने कार्यचाँहि पुरा भइसकेको हुँदैन। अर्कातिर प्रकृति जगत नै मानिसको सबभन्दा ठूलो शिक्ष...

सरसफाईको महत्त्व बारे निबन्ध

Image
  सरसफाइ भन्नाले आफू सफासुग्घर रहनु, समयसमयमा नुहाइधुवाइ गर्नु, दाँत सफा राख्नु, नङ काट्नु, सफा लुगा लगाउनु, आफू वरिपरिको वातावरण स्वच्छ सफा राख्नु आदि कुरालाई जनाइन्छ । मानिस मात्र एक प्राणी हो जसलाई मात्र सरसफाइका बारेमा ज्ञान छ। जो मानिस सरसफाइमा ध्यान दिन्छ उसको जीवन स्वस्थ र निरोगी बन्छ। निरोगी भएपछि जस्तोसुकै कामहरू पनि सजिलैसँग गर्न सक्छ । मानिसको स्वास्थ्य राम्रो भएपछि असल विचार आउँछ। जो मानिसले असल बनी असल काम गर्छ त्यो व्यक्ति राष्ट्रको सच्चा नागरिक हो । सरसफाइ मानिसका लागि धेरै आवश्यक छ । सरसफाइमा ध्यान नदिएमा हामी रोगी र दु:खी बन्न सक्छौँ । सुखी र निरोगी भई बाँच्न सरसफाइको महत्वपूर्ण भूमिका हुन्छ । त्यसैले सबै प्रकारका फोहोरबाट बचेर सफासुग्घर भएर बस्नु हाम्रो मुख्य जिम्मेवारी हो । कर्तव्य हो। शौचालय गएपछि होस् वा खाना खानुअघि पछि राम्ररी हात धुने बानी बसाल्नु पर्छ । गर्मीको समयमा आवश्यकताअनुसार दिनदिनै र जाडोको समयमा दुई या तीनपटक नुवाइधुवाइ गर्नुपर्छ । आफूले दैनिक रूपमा प्रयोग गर्ने ब्रस, काइयो, रूमाल, मोजा नियमित रूपमा सफा गर्नुपर्छ । फोहोर जताततै फाल्नु हुँदैन । फोहो...

कम्प्युटर बारेमा निबन्ध

Image
  कम्प्युटर एउटा विद्युतीय यन्त्र हो । यन्त्रमा विद्युत जोडेपछि कम्प्युटर चल्न थाल्दछ । कम्प्युटरमा मोनिटर, सि.पि. यु, माउस, की बोर्ड आदि जडान गरिएको हुन्छ । कम्प्युटरको सबभन्दा मूल भाग सि.पि.यु नै हो । यसभित्र जडान गरिएका सामग्रीहरूले यो मेसिन चल्दछ र मोनिटरमा देखिन्छ । कम्प्युटरमा कार्यक्रमहरू राख्नुपर्दछ । निश्चित नियमका आधारमा सफ्टवेयर चलाई काम सम्पन्न गर्न सकिन्छ। विद्युत नभएको स्थानमा कम्प्युटर चल्न सक्दैन । उसको सानो रूप ल्यापटप आजकल प्रयोगमा आएको छ। कम्प्युटरमा इन्टरनेट जोडेर विश्वका घटनाहरू घरैमा बसी बसी हेर्न सकिन्छ । यसमा विभिन्न प्रकारका खेलहरू टी. भी. मा जस्तै गरी हेर्न सकिन्छ। त्यसैगरी आफैं पनि खेल्न सकिन्छ । विभिन्न खालका अक्षरहरू लेख्न तथा पढ्न सकिन्छ । सजिलैसँग विश्वका बारेमा जानकारी पाउन सकिन्छ। यसले समयको बचत गर्दछ । सुरूमा किन्नका लागि अलि धेरै पैसा खर्च भए तापनि मानिसका लागि सजिलैसँग काम सम्पन्न गर्ने साधन कम्प्युटर हो । यसमा कम जान्ने मानिसले पनि उत्तिकै राम्रा अक्षर बनाउन सक्दछ । मानिसका लागि विकासका साधनको उपयोग गर्न वा विश्वलाई हेर्ने कम्प्युटरले मानिसलाई स...

मोवाइल बारे निबन्ध

Image
  आकारमा सानो हात तथा खल्तिमा बोकेर हिँड्न सकिने सञ्चारको साधन जसको सहयोगले एक ठाउँबाट कुनै अर्को ठाउँको खबर पाउन सकिन्छ त्यो नै मोबाइल हो। मोबाइलमा कार्डले रिचार्ज गर्नुपर्दछ । निश्चित समयसम्म सो कार्डमा रहेको पैसाले काम गर्दछ । मोबाइलको ब्याट्री चार्ज गर्नुपर्दछ । मोबाइलमा विभिन्न किसिमका नम्बर हुन्छन् ती नम्बरको सहयोगले मानिसले फोन लगाउने गर्दछन् । आजको युगमा मोबाइल एउटा यस्तो चिज हो । जसको बिना मानिस एकैछिन पनि रहन सक्दैन । कोही आफ्नो परिवारको सदस्य बाहिरी भई धेरै बेर नआएको अवस्थामा जानकारी लिन होस् या विभिन्न आफ्ना आफन्तको बारेमा बुझ्न मानिसलाई मोबाइलले धेरै सहयोग पुर्याएको छ । कुनै पनि ठाउँमा भएको घटनालाई तत्काल अन्य ठाउँमा जानकारी दिन, राम्रो कुरा सुनाउन विभिन्न व्यापार व्यवसायका कुरा गर्न, खाली रहेको समयमा बेट जोडी चलचित्र, गीत हेर्न, गेम खेल्न, केही अविस्मरणीय समयको फोटो राख्न आदि कामका समेत मोबाइलले अत्यन्तै महत्वपूर्ण भुमिका राख्दछन् । मोबाइलको विकासले गर्दा मानिसले मानिसले लामो दुरीको यात्रा गरी भेटघाट गरी मानिसलाई भन्नुपर्ने बाध्यता घटेको छ जसले गर्दा मानिसको आर्थिकमा ...

यातायातको महत्त्व बारे निबन्ध

Image
  विकासका पूर्वाधारहरूमध्ये यातायात पनि एक हो । तर हाम्रा ग्रामीण क्षेत्रहरू यातायातको प्रतीक्षामा मात्र छन् । हाम्रा गाउँहरूको प्राकृतिक जीवनशैली, कृषि व्यवसाय र परिश्रमको महत्त्व प्रशंसनीय छ। तर यति मात्र हाम्रो जीवन होइन । गाउँलाई आत्मनिर्भर बनाउन, उनीहरूको उत्पादनलाई बिक्री गर्न, आवश्यक वस्तुहरूको आयातनिर्यात गर्न र ग्रामीण पर्यटनको गजलाई उठाउन यातायातलाई पहिलो आवश्यकता मानिन्छ । पहाडी सौन्दर्यको बखान गरेर मात्र पुग्दैन, पहाडलाई विकासका दृष्टिले पनि हेर्नुपर्छ। तराई, पहाड र हिमालका गाउँहरू अनेक सुन्दर, शान्त र विशालको कल्पनामा रङ्गिनु मात्र विकासका अनेक कीर्तिमान कायम गर्नु होइन । गाउँको निरीहतालाई अल्झोमा राखेर ग्रामीण मुक्ति र समृद्धि सम्भव छैन । त्यसैले ग्रामीण यातायात सम्बन्धी छुट्टै नीति अवलम्बन गर्नुपर्छ । गाउँको आधारभूत आवश्यकता पूरा गर्न पनि यातायातलाई उपेक्षा गर्न सकिँदैन । विकास र विनाशको दोसाँधमा उभिएका गाउँहरूलाई त्राण चाहिएको छ, प्राण चाहिएको छ अनि विकासको दिगो प्रमाण चाहिएको छ । प्राकृतिक प्रेमको गुणगान गाएर मात्र हुँदैन, त्यहाँका भोका पेट, नाङ्गा शरीर र आश्रयविहि...

बाल अधिकार

Image
  बाल र अधिकार छुट्टाछुट्टै शब्द मिलेर बालअधिकार शब्द बनेको छ । जसमा 'बाल' को अर्थ नानी वा बालक र 'अधिकार' को अर्थ हक भन्ने हुन्छ यसलाई प्रचलित अर्थका हिसाबले हेर्दा बालकहरूले नैसर्गिक रूपमा पाउनु पर्ने हक बुझिन्छ । आजका बालबालिका भविष्यका कर्णधार हुन् । बालबालिकाहरू शारीरिक तथा मानसिक रूपबाट अपरिपक्व हुन्छन् । जसले गर्दा उनीहरू आफ्नो स्याहार र सुरक्षा आफै गर्न सक्दैनन् । त्यसैले सबै बालबालिकाहरूलाई बिना भेदभाव समान किसिमको स्याहार र सुरक्षाको आवश्यकता पर्दछ । बालकको सर्वाङ्गीण विकासमा सहयोग पुयाउने काम बाल अधिकारले गर्न सक्नु पर्दछ। जन्मनासाथ बालकले पोसिलो खाने कुरा खान, मौसमनुसारको कपडा लगाउन, शिक्षा आर्जन गर्न, चाहिँदो मात्रामा मनोरञ्जन गर्न पाउनुपर्छ। भर्खर जन्मिएको बालक अबोध हुन्छ, कसैको सहाराबाट हुर्कनुपर्छ र उसलाई कुन उमेर र अवस्थामा के चाहिन्छ भन्ने कुरा उसका अभिभावक, उसको सेरोफेरोमा रहेका समाजले जान्नुपर्दछ। यदि एउटा बालक आफूले पाउनु पर्ने नैसर्गिक अधिकारबाट बञ्चित भयो भने ऊ बालअधिकारबाट बञ्चित भएको बुझ्नुपर्दछ र त्यसको भरणका लागि अरूले लाग्नुपर्छ । यसो गर्नाले...

सूचना प्रविधिको महत्त्व बारे निबन्ध

Image
  सूचना भन्नाले सम्बन्धित सरोकारवालालाई जानकारी दिने काम भन्ने बुझिन्छ । प्रविधिको अर्थ हो काम गर्दा अँगालिने प्रक्रिया वा तरिका हो। अतः सूचना प्रविधिलाई समान्यीकरण गरेर हेर्दा विविध तरिका वा प्रक्रिया हो । यसरी नै महत्त्व भन्नाले महत्ता अथवा महान् हुनुको भाव भन्ने बुझिन्छ । आज सूचना प्रविधिको महानता कति छ ? भन्ने कुरा यस निबन्धको शीर्षकको आशय हो । यसलाई यसरी पनि भनौं कि आज जानकारी दिने सूचना र सञ्चारका प्रक्रियाहरू टेलिभिजनबाट दिइने जानकारी, इमेल, इन्टरनेट, फ्याक्स, कम्प्युटर आदिले जुन प्रक्रियाबाट जानकारी दिने गरेको छ, त्यो अति आवश्यक छ। कुनै व्यक्ति, वस्तु वा विषयसँग सम्बन्धित तथ्य वा वर्णन नै सूचना हो । कुनै विचार वा अनुभूति व्यक्त गर्ने र अन्य व्यक्तिसम्म सूचना पुयाउने कामलाई सञ्चार भनिन्छ। सूचनाको प्रयोग एवम् सञ्चारका दृष्टिले मानिस सबैभन्दा उत्कृष्ट प्राणी हो। हुन त मानिसबाहेक अन्य प्राणीमा पनि सूचनाको सञ्चार गर्ने र त्यसप्रति प्रतिक्रिया व्यक्त गर्ने प्रकृतिप्रदत्त क्षमता हुन्छ, तर सूचनाको प्रयोग एवम् सञ्चारका दृष्टिले मानिसमा जत्तिको विकसित हुँदैन । मानिसले गर्ने अनुभव र व...

नेपालको प्राकृतिक सुन्दरता बारे निबन्ध

Image
  नेपाल प्राकृतिक सुन्दरताको अनुपम नमुना भएको मुलुक हो । नेपालमा विभिन्न प्रकारको भौगोलिक बनावट र हरियाली प्रकृतिले विश्वलाई लोभ्याएको छ । उत्तरमा चाँदीझै टल्कने हिमाल, कम्मरमा पटुकी बाँधेझै पहाडका वन जङ्गल तथा तन्ना फिंजाएझै समथर तराईले नेपालको सुन्दरताको सङ्केत प्रदान गरेको छ । विभिन्न कलाकृतिले सजिएका मन्दिरहरू तथा विभिन्न नदीनाला, ताल तलैया, छाँगा, झरना आदिले नेपालको प्रकृतिमा सुन्दरता थपेको छ । वातावरणका आफै सिर्जित तत्त्वहरूलाई प्रकृति भनिन्छ । मानव निर्मित सुन्दरता काल्पनिक हुन्छन् र प्राकृतिक बनावट रहस्यमय हुन्छ । आश्चर्यले भुतुक्कै हुने सुन्दरता नेपालको प्रकृतिमा पाइन्छ । एउटा कुमालेले बनाएका भाँडाकुडाँझै नेपाल पनि कलात्मक तरिकाले निर्माण गरिएको हो कि भन्ने भान पर्न सक्छ। नेपालमा विश्वको सर्वोच्च शिखर छ । हिउँ नै हिउँले सधैं ढाकिरहने हिमालहरू उत्तरमा लाम लागेर बसेका छन् । होचा अग्ला हिमालहरूको ताँतीले जो कोही सौन्दर्यप्रेमी व्यक्तिलाई मोहित पार्न सक्दछ । नेपालको धेरै क्षेत्रफल रहेको पहाडी भूभाग धेरै जसो हरियाली बोटबिरूवाले सजिएको छ। यसैमा विभिन्न तालहरू छन् । नदीनालाले यसम...

पैसा बारेमा निबन्ध

Image
  निश्चित बुट्टा र चित्रहरूले भरिएका कागजहरू जसको सहयोगले हामी आफूलाई चाहिएको कुरा बजारमा गई किन्न सक्छौँ त्यो नै पैसा हो । पैसा कागजबाट बनेको हुन्छ। पैसालाई नोट पनि भनिन्छ। कति रूपैयाँको नोट हो, त्यो अनुसार पैसाको पनि आकार र नक्सा बुट्टाहरू फरक फरक हुने गर्दछन् । पैसा कमाउनका लागि मानिसले जे पनि गर्न तयार हुन्छ। समाजमा जे जति कार्यहरू मानिसले गर्दै आइरहेका छन्, ती सम्पूर्ण कार्य पैसा कमाउने र आफ्नो परिवार धनी सम्पन्न बनाउने चाहनामा गरेका हुन् । पैसा मानिसलाई बाँच्नका लागि चाहिने अत्यन्त आवश्यक वस्तु हो। पैसा यस्तो महत्त्वपूर्ण वस्तु हो त्यो बिना मानिस वरदेखि पर जान पनि सक्दैन । हामीले खाने विभिन्न प्रकारका खानेकुराहरू लगाउने कपडाहरू, चढेर हिँड्ने विभिन्न साधनहरू सबै त्यही पैसा कमाएर पैसाले किन्ने र प्रयोग गर्ने गर्नुपर्दछ । मानिसले गाउँदेखि सहरमा आएर विभिन्न विषयहरू पढी विवेकी हुनाका साथै धेरै पैसा कमाउने र परिवार सुखीसाथ पाल्ने आशामा आउने गर्दछन् । मानिसले समाजमा जे जति कामहरू गर्दछन् ती सबै मानिसको पैसा कमाउने नै उद्देश्य हुने गर्दछ। व्यापार, व्यवसाय, शिक्षक पेशा, ज्याला मजदुरी,...

प्राविधिक शिक्षा बारे निबन्ध

Image
  प्राविधिक शिक्षा भन्नाले शिक्षण परिपाटीको त्यो पाटो हो जसले विज्ञान तथा प्रविधिसम्बन्धी आवश्यक ज्ञान, सीप तथा तालिम भन्ने बुझाउँछ। अर्को शब्दमा कुनै पनि कार्यको प्रविधि सिकाउने शिक्षणलाई प्राविधिक शिक्षा भन्न सकिन्छ। प्राविधिक शिक्षाका कारण राष्ट्रको विज्ञान तथा प्रविधिका विविध पक्षमा दक्ष भई व्यक्ति तथा समाजका प्रविधिगत महत्त्वकाङ्क्षा पूरा गराउन सक्षम बनाउँछ। शिक्षाका नाममा बौद्ध शिक्षा, गुरूकुलीय शिक्षा त प्राचीन कालदेखि नै नचलेका होइनन् । आज विज्ञान र प्रविधिका क्षेत्रमा विकसित राष्ट्रहरूले धेरै फड्को मारिसकेको हुँदा र आजका समस्याहरू पनि विज्ञान र प्रविधिसम्बन्धी नै हुने गरेकाले युग नै विज्ञान र प्रविधिको भैसकेको छ। यस परिस्थितिलाई नियाल्दा प्राविधिक शिक्षामा जोड दिनु आजको टड्कारो आवश्यकता बनेको छ। प्राचीन शिक्षाका साना गोरेटाले आधुनिक शिक्षाका राजमार्गसम्म पुग्न मार्ग प्रशस्त गरिदिएको हुँदा यसले नै विज्ञान र प्रविधिका अनन्त सम्भावनाको ढोका खोलिदिएको छ । आज परिवारदेखि राष्ट्र हुँदै विश्वको कुशल सञ्चालन तथा व्यवस्थापनमा शिक्षाले नै महत्त्वपूर्ण भूमिका खेलेको छ। प्राचीन कालको श...

सगमाथा बारेमा निबन्ध

Image
  संसारमा धेरै हिमालहरू रहेका छन् । ती हिमालहरूमध्ये सबैभन्दा अग्लो हिमालको नाम सगरमाथा हो । जुन हाम्रो देश नेपालमा पर्छ । सगरमाथाको शिरले आकाश छुन खोजेको हुनाले यसलाई सगरमाथा नाम दिइएको हो । यस हिमालको उचाइ ८८४८ मिटर रहेको छ । 'सगरमाथा' सगरमाथा अञ्चलको सोलुखुम्बु जिल्लाको खुम्जुङ गाविसमा पर्दछ । हामी विदेशमा पनि सगरमाथाको देशका नागरिक भनेर चिनिएका छौँ । विश्वका मानिसहरू सबैले हाम्रो देश नेपालको नाम नसुनेको भए पनि सगरमाथाको नाम अवश्य सुनेका छन् । किनभने यो सबैभन्दा अग्लो हिमाल हो। त्यसैले सगरमाथा हामी नेपालीको गौरव हो। सगरमाथाको आरोहण गर्नेको सङ्ख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ । हिमाल आरोहीहरू सगरमाथालाई नै आफ्नो गन्तव्यस्थल बनाउँछन् । सगरमाथा नेपाल र नेपालीको आम्दानीको मुख्य स्रोत हो । सगरमाथा चढ्ने मानिसले लाखौँ रूपैयाँ सरकारलाई कर तिरेको हुन्छ । जसले गर्दा आर्थिक लाभ हुन्छ । सगरमाथा नेपालीहरूको आम्दानीको प्रमुख स्रोत हो। पर्यटकका लागि भनेर नाम्चे बजार वरपर विभिन्न खालका उद्योग व्यवसाय र होटल सञ्चालन गरिएका छन् । जसले गर्दा त्यहाँका जनताले राम्रो आम्दानी गरेका छन् भने कतिपय...

No pains, no gains

Image
  Ah Mee often wished that she could have some fun like other girls. Some of her friends, she knew, were always going to see the latest films, eating meals in most expensive restaurants and always wearing smart clothes. Ah Lan, for example, had at least three party dresses and many cheongsams. "My life is all work," Ah Mee said to herself one day. It was indeed all work, because Ah Mee's mother was dead and so, as well as working hard all day in a departmental store in the large town in which she lived, Ah Mee had to look after her father. She cooked all his meals and kept the house spotlessly clean. But she did not want to spend all her life doing this and so at night, when everything else was done, she was teaching herself to type and to do shorthand. She went to classes for this in the evenings sometimes and on her day off as well. One day, I will get a really good job as a secretary to an important man, she used to think. Then I will have much more money and I will be...

Importance of women education

Image
  Education is an important requirement for human life. It is as much necessary as food, cloth and shelters. Women who cover half of the present total population must not be left uneducated and in darkness. Their duties do not end in cooking and feeding. A woman of a house has a much wider range of work to do than a man has. She has a greater need of education than a man does. It is thought that both man and woman must be equally educated and they are like the two wings of a bird. It is true that a home is the first school of every child and the mother is the first teacher. She must know how to nurse and take care of the child. The mother teaches her child what to do and what not to do. A well-educated mother can give a good environment to her child for well growth and for better education. Because of the polite behavior and the diplomatic speech, a well-educated woman can keep the house in right order, in peace and in happiness. She can also help the family with financial support ...

Essay about nepal in 400 words

Image
  Introduction Nepal, a landlocked country nestled amidst the majestic Himalayas, is a treasure trove of natural beauty, cultural diversity, and spiritual richness. With its snow-capped peaks, lush valleys, and vibrant traditions, Nepal has captivated the hearts of travelers and adventurers for centuries. This essay explores the enchanting tapestry of Nepal, delving into its geographical wonders, cultural heritage, and the indomitable spirit of its people. Geographical Marvels Nepal's geographical diversity is awe-inspiring. From the towering heights of Mount Everest, the world's highest peak, to the Terai plains, Nepal offers a panorama of landscapes. The Annapurna and Langtang regions lure trekkers with their challenging trails and breathtaking vistas. The country's numerous national parks, including Chitwan and Sagarmatha, are sanctuaries for diverse flora and fauna, including the elusive Bengal tiger and the endangered one-horned rhinoceros. Cultural Heritage Nepal is a...

Essay on Yoga.

Image
  Introduction Yoga, often described as a 5,000-year-old practice, is a profound and ancient system that encompasses physical, mental, and spiritual dimensions. Originating in the Indian subcontinent, it has transcended boundaries and cultures to become a global phenomenon. This essay explores the multifaceted aspects of yoga, shedding light on its history, physical and mental benefits, and its relevance in the modern world. Historical Roots The origins of yoga can be traced back to the ancient Indus Valley civilization, with the first written records found in the form of Sanskrit texts, such as the Yoga Sutras of Patanjali. These texts serve as a foundational guide to yoga philosophy and practice. Yoga has evolved over millennia, absorbing influences from various schools of thought and spiritual traditions. It encompasses a wide array of practices, including Hatha yoga (physical postures), Bhakti yoga (devotion), Jnana yoga (knowledge), and Karma yoga (selfless action). The rich t...