अनुशासन एक त्यस्तो गुण हो जसद्वारा व्यक्तिले आफ्ना भावनाहरू र व्यवहारलाई नियन्त्रण गर्न सिक्छ। हाम्रो जीवनको हरेक मार्गमा अनुशासन अत्यन्त मूल्यवान छ। यसले व्यक्तिलाई जीवनमा प्रगति गर्न र सफलता प्राप्त गर्न प्रेरित गर्दछ। हामीले स्कूल, घर, कार्यालय, संस्था, कारखाना, खेल मैदान, रणभूमि वा अन्य स्थानमा अनुशासनको पालना गर्नुपर्दछ। अनुशासनले हामीलाई परिपक्व,सोच्न कार्य गर्न र जिम्मेवार निर्णयहरू लिन सक्षम गर्दछ। यसले हामीलाई आत्म-संचालित, आत्म-नियन्त्रित र आत्म-निर्देशित व्यक्ति बनाउँछ। यसले हामीलाई जिम्मेवार र प्रधान व्यक्ति बनाउँछ। अनुशासनलले एक व्यक्तलाई सफल पार्नको लागि प्रेरित गर्न र उसको जीवनमा प्रगति गर्न ठूलो र महत्त्वपूर्ण भूमिका खेल्छ। अनुशासनले एक व्यक्तिको चरित्र निर्माण गर्दछ। अनुशासन बिना, एक व्यक्तिको जीवन सुस्त र निष्क्रिय हुनेछ।अनुशासनको पलना गर्ने व्यक्तिले समाजमा उच्च पद र प्रतिष्ठा प्राप्त गर्दछ। अनुशासनको क्षेत्र ज्यादै फराकिलो पनि छ।घरपरिवारदेखि लिएर समाज, धर्म, संस्कृति, राजनीति, वित्त आदि सबै क्षेत्रमा अनुशासन चाहिन्छ । अनुशासन सामाजिक जीवनको एक अत्यावश्यक गुण ह...
Comments
Post a Comment