कम्प्युटर बारेमा निबन्ध

 


कम्प्युटर एउटा विद्युतीय यन्त्र हो । यन्त्रमा विद्युत जोडेपछि कम्प्युटर चल्न

थाल्दछ । कम्प्युटरमा मोनिटर, सि.पि. यु, माउस, की बोर्ड आदि जडान गरिएको

हुन्छ । कम्प्युटरको सबभन्दा मूल भाग सि.पि.यु नै हो । यसभित्र जडान गरिएका

सामग्रीहरूले यो मेसिन चल्दछ र मोनिटरमा देखिन्छ । कम्प्युटरमा कार्यक्रमहरू

राख्नुपर्दछ । निश्चित नियमका आधारमा सफ्टवेयर चलाई काम सम्पन्न गर्न

सकिन्छ। विद्युत नभएको स्थानमा कम्प्युटर चल्न सक्दैन । उसको सानो रूप ल्यापटप आजकल प्रयोगमा आएको छ।

कम्प्युटरमा इन्टरनेट जोडेर विश्वका घटनाहरू घरैमा बसी बसी हेर्न सकिन्छ ।

यसमा विभिन्न प्रकारका खेलहरू टी. भी. मा जस्तै गरी हेर्न सकिन्छ। त्यसैगरी आफैं पनि खेल्न सकिन्छ । विभिन्न खालका अक्षरहरू लेख्न तथा पढ्न सकिन्छ ।

सजिलैसँग विश्वका बारेमा जानकारी पाउन सकिन्छ। यसले समयको बचत गर्दछ ।

सुरूमा किन्नका लागि अलि धेरै पैसा खर्च भए तापनि मानिसका लागि सजिलैसँग

काम सम्पन्न गर्ने साधन कम्प्युटर हो । यसमा कम जान्ने मानिसले पनि उत्तिकै राम्रा

अक्षर बनाउन सक्दछ । मानिसका लागि विकासका साधनको उपयोग गर्न वा

विश्वलाई हेर्ने कम्प्युटरले मानिसलाई सघाएको छ । यसको उपयोगमा ध्यान दिन

नसके भाइरसले कम्प्युटर बिगार्ने हुन सक्दछ । भाइरसबाट बचाउन र सामग्रीको

सुरक्षामा कम्प्युटर चलाउनेले ध्यान पुयाउनु पर्दछ।

आधुनिक विज्ञानले निर्माण गरेको कम्प्युरटरलाई राम्ररी सदुपयोग गर्नु पर्दछ। एक

घर एक कम्प्युटर आजको आवश्यकता नै हो । सबै बालबालिकालाई कम्प्युटर ज्यादै उपयोगी हुन्छ । त्यसैले अभिभावकहरूले समेत कम्प्युटर प्रयोगमा प्रोत्साहन गर्नु आजको आवश्यकता नै हो।



Comments

Popular posts from this blog

अनुशासनको महत्त्व बारे निबन्ध

शिक्षाको महत्त्व बारे निबन्ध

सूचना प्रविधिको महत्त्व बारे निबन्ध