नेपालको प्राकृतिक सुन्दरता बारे निबन्ध

नेपाल प्राकृतिक सुन्दरताको अनुपम नमुना भएको मुलुक हो । नेपालमा विभिन्न
प्रकारको भौगोलिक बनावट र हरियाली प्रकृतिले विश्वलाई लोभ्याएको छ । उत्तरमा
चाँदीझै टल्कने हिमाल, कम्मरमा पटुकी बाँधेझै पहाडका वन जङ्गल तथा तन्ना
फिंजाएझै समथर तराईले नेपालको सुन्दरताको सङ्केत प्रदान गरेको छ । विभिन्न
कलाकृतिले सजिएका मन्दिरहरू तथा विभिन्न नदीनाला, ताल तलैया, छाँगा, झरना
आदिले नेपालको प्रकृतिमा सुन्दरता थपेको छ । वातावरणका आफै सिर्जित
तत्त्वहरूलाई प्रकृति भनिन्छ । मानव निर्मित सुन्दरता काल्पनिक हुन्छन् र प्राकृतिक
बनावट रहस्यमय हुन्छ । आश्चर्यले भुतुक्कै हुने सुन्दरता नेपालको प्रकृतिमा पाइन्छ ।
एउटा कुमालेले बनाएका भाँडाकुडाँझै नेपाल पनि कलात्मक तरिकाले निर्माण
गरिएको हो कि भन्ने भान पर्न सक्छ।
नेपालमा विश्वको सर्वोच्च शिखर छ । हिउँ नै हिउँले सधैं ढाकिरहने हिमालहरू
उत्तरमा लाम लागेर बसेका छन् । होचा अग्ला हिमालहरूको ताँतीले जो कोही
सौन्दर्यप्रेमी व्यक्तिलाई मोहित पार्न सक्दछ । नेपालको धेरै क्षेत्रफल रहेको पहाडी
भूभाग धेरै जसो हरियाली बोटबिरूवाले सजिएको छ। यसैमा विभिन्न तालहरू छन् ।
नदीनालाले यसमा शोभा बढाएको छ। धेरै बेगिएर बग्ने नदीहरूले थपेको संगीतमा
प्रकृतिप्रेमीहरू गीत रच्दछन् । नेपालको दक्षिणी भूभाग समथर छ । पूर्व मेचीदेखि
पश्चिममा महाकालीसम्म यो समथर छ । समथर जमिनका बीचबाट फिजिएर बगेका
नदीहरूलाई सुन्दरतामा यति उति भनी नाप्न सकिन्न । विभिन्न प्रकारका चराचुरूङ्गी
तथा पशुपंक्षीले नेपालको सौन्दर्यता बढाएका छन् । त्यसैगरी नेपाल मन्दिरै मन्दिरको
देशका नामले चिनिने मुलुक हो । ती मन्दिरका कलाकृति र सांस्कृतिक सम्पदाको
अवलोकन गर्न विश्वका पर्यटक धुरिन्छन् । यहाँको हावापानी न धेरै चिसो न धेरै तातो
छ। यसले मानिसलाई प्राकृतिक सुन्दरताका बीचमा शीतलता प्रदान गरेको छ। देशको
गरीमा बढाउने यस्ता ऐतिहासिक सांस्कृतिक/धार्मिक, भौगोलिक आदि स्थलहरू
नेपालमा प्रशस्त छन्।
प्राकृतिक सुन्दरता झल्काउने ठाउँहरू प्रशस्त भए तापनि नेपालका त्यस्ता सबै
महत्त्वका स्थललाई विश्वमा चिनाउन सकिएको छैन । नेपाललाई पर्यटकीय स्थल
बनाउने प्रयास अझ कम भइरहेको देखिन्छ । कतिपय नेपालीहरूमा विदेशी
नागरिकप्रति वक्रदृष्टि राख्ने प्रवृत्ति छ। जसका कारण विदेशीहरू डराउनु पर्ने अवस्था
छ। जति बढी पर्यटक नेपाल आउँछन् त्यति नै बढी परिचय विदेशमा हुने हुनाले त्यस्तो
कुप्रवृत्ति अन्त्य गर्नु पर्दछ । नेपालमा सबैतिर यातायात, सञ्चार होटल आदिको राम्रो
Comments
Post a Comment