सरसफाईको महत्त्व बारे निबन्ध

 


सरसफाइ भन्नाले आफू सफासुग्घर रहनु, समयसमयमा नुहाइधुवाइ गर्नु, दाँत

सफा राख्नु, नङ काट्नु, सफा लुगा लगाउनु, आफू वरिपरिको वातावरण स्वच्छ सफा राख्नु आदि कुरालाई जनाइन्छ । मानिस मात्र एक प्राणी हो जसलाई मात्र सरसफाइका बारेमा ज्ञान छ।

जो मानिस सरसफाइमा ध्यान दिन्छ उसको जीवन स्वस्थ र निरोगी बन्छ। निरोगी

भएपछि जस्तोसुकै कामहरू पनि सजिलैसँग गर्न सक्छ । मानिसको स्वास्थ्य राम्रो

भएपछि असल विचार आउँछ। जो मानिसले असल बनी असल काम गर्छ त्यो व्यक्ति राष्ट्रको सच्चा नागरिक हो । सरसफाइ मानिसका लागि धेरै आवश्यक छ ।

सरसफाइमा ध्यान नदिएमा हामी रोगी र दु:खी बन्न सक्छौँ । सुखी र निरोगी भई बाँच्न सरसफाइको महत्वपूर्ण भूमिका हुन्छ । त्यसैले सबै प्रकारका फोहोरबाट बचेर सफासुग्घर भएर बस्नु हाम्रो मुख्य जिम्मेवारी हो । कर्तव्य हो।

शौचालय गएपछि होस् वा खाना खानुअघि पछि राम्ररी हात धुने बानी बसाल्नु

पर्छ । गर्मीको समयमा आवश्यकताअनुसार दिनदिनै र जाडोको समयमा दुई या

तीनपटक नुवाइधुवाइ गर्नुपर्छ । आफूले दैनिक रूपमा प्रयोग गर्ने ब्रस, काइयो, रूमाल, मोजा नियमित रूपमा सफा गर्नुपर्छ । फोहोर जताततै फाल्नु हुँदैन । फोहोरलाई उचित ठाउँमा व्यवस्थापन गर्ने काम पनि सरसफाइ भित्र पर्दछ।

हामीले खानेकुरा पनि सफा खानुपर्छ । खानेकुरा राम्ररी धोइपखाली गरेर मात्र

खानुपर्छ। सडेगलेका र फोहोरी खानेकुरा खानुहुँदैन । यस्ता खानेकुराको प्रयोगले हामी रोगी बन्न सक्छौँ । यस्ता खानेकुराले हाम्रो शरीरलाई ठूलो क्षति पुयाउँछ । हामीले प्रयोग गर्ने पानी शुद्ध र किटाणुरहित हुनुपर्छ । मानिस आजकल आफ्नो काममा निकै व्यस्त भएका कारण आफ्नो शरीर र वातावरण सरसफाइमा ध्यान पुऱ्याउँदैनन् । जसले गर्दा मानिस अस्वस्थ बन्दै गइरहेका छन् । सबै मानिस आफ्नो र वातावरणको सरसफाइमा लागेमा रोगहरू लाग्न पाउँदैन।

वर्तमान समयमा जनसङ्ख्या वृद्धि, वन फँडानी उद्योग, कलकारखानाको वृद्धि

आदि कारणले वातावरण प्रदूषण भइरहेको अवस्था छ । यस्तो अवस्थामा हामीले

विभिन्न तरिका अपनाई प्रदूषण कम गर्नुपर्छ । हामी दिनदिनै सरसफाइमा लागेर स्वस्थ बन्न सक्छौँ । लेख्न पढ्न तथा असल काम गर्न सक्छौँ, आफूभन्दा साना व्यक्तिलाई हामीले सरसफाइका बारेमा सिकाउनुपर्छ । ठूला व्यक्तिसमेत यस कुरामा अबुझ छन्भ ने सम्झाउनु पर्छ।

हामी बालबालिका युवा, वृद्ध, विद्यार्थी जे भएपनि सरसफाइलाई अपनाउनुपर्छ ।

विद्यार्थी सचेत व्यक्ति भएकाले उनीहरूले अरू मानिसहरूलाई सरसफाइका बारेमा बुझाउनुपर्छ । सरसफाइ भनेको सभ्यता हो भन्ने कुरा बुझेर देशको सभ्य नागरिकको परिचय दिनुपर्छ।





Comments

Popular posts from this blog

अनुशासनको महत्त्व बारे निबन्ध

शिक्षाको महत्त्व बारे निबन्ध

सूचना प्रविधिको महत्त्व बारे निबन्ध