बाल अधिकार

बाल र अधिकार छुट्टाछुट्टै शब्द मिलेर बालअधिकार शब्द बनेको छ ।
जसमा 'बाल' को अर्थ नानी वा बालक र 'अधिकार' को अर्थ हक भन्ने हुन्छ
यसलाई प्रचलित अर्थका हिसाबले हेर्दा बालकहरूले नैसर्गिक रूपमा पाउनु पर्ने हक
बुझिन्छ । आजका बालबालिका भविष्यका कर्णधार हुन् । बालबालिकाहरू
शारीरिक तथा मानसिक रूपबाट अपरिपक्व हुन्छन् । जसले गर्दा उनीहरू आफ्नो
स्याहार र सुरक्षा आफै गर्न सक्दैनन् । त्यसैले सबै बालबालिकाहरूलाई बिना भेदभाव
समान किसिमको स्याहार र सुरक्षाको आवश्यकता पर्दछ । बालकको सर्वाङ्गीण
विकासमा सहयोग पुयाउने काम बाल अधिकारले गर्न सक्नु पर्दछ।
जन्मनासाथ बालकले पोसिलो खाने कुरा खान, मौसमनुसारको कपडा लगाउन,
शिक्षा आर्जन गर्न, चाहिँदो मात्रामा मनोरञ्जन गर्न पाउनुपर्छ। भर्खर जन्मिएको बालक
अबोध हुन्छ, कसैको सहाराबाट हुर्कनुपर्छ र उसलाई कुन उमेर र अवस्थामा के
चाहिन्छ भन्ने कुरा उसका अभिभावक, उसको सेरोफेरोमा रहेका समाजले जान्नुपर्दछ।
यदि एउटा बालक आफूले पाउनु पर्ने नैसर्गिक अधिकारबाट बञ्चित भयो भने ऊ
बालअधिकारबाट बञ्चित भएको बुझ्नुपर्दछ र त्यसको भरणका लागि अरूले
लाग्नुपर्छ । यसो गर्नाले बालबालिकाको सबै क्षेत्रमा विकास भई एउटा कर्मशील र
देशका लागि आवश्यक जनशक्ति तयार भई देश विकासमा टेवा पुग्ने कुरा सम्भव छ।
नैतिक आचरणयुक्त जनशक्ति जुनसुकै देशको गहना हो। बाल अधिकारको प्राप्तिले
बालकको मानसिकता सकारात्मक हुन्छ र सकारात्मक विकास हुन्छ ।
बालबालिकालाई आवश्यक खुशी, सुखसुविधा, शिक्षा, स्वास्थ्य आदि कुराबाट
बञ्चित नगरी स्वतन्त्रताको सिर्जना गरिदिनाले रचनात्मक कार्य हुने निश्चित छ।
एउटा बालक जुनै पनि समाजको भावी सदस्य हो । ऊ भविष्यको देशको
जिम्मेवार व्यक्ति हो । बालक छंदा ऊ अबोध हुन सक्छ । त्यसबेला ऊ आफैं आफ्नो
भविष्यको बारेमा र देशको बारेमा सोच्न सक्षम हुँदैन । एउटा बालक त कुनै बीउ भित्र
लुकेर रहेको भावी बिरूवा हो, जसलाई राम्ररी हिफाजत गर्न सकेमा मात्र उसले राम्रो
फल दिन सक्छ। ठूलो सम्भाव्यता बोकेको भएपनि उसले जीवन व्यर्थ हुन सक्छ नत्र
बाल अधिकारको रक्षाका लागि बालक इतरका नागरिकहरूका साथै देश हाँक्ने जिम्मा
पाएको सरकारले विशेष पहल गर्नुपर्छ । हाम्रो देशमा केही समय अगाडिदेखि
फैलिएको हत्या, हिंसा र आतंकका कारण धेरै बालबालिकाको ज्यान जोखिममा परेको
छ। उनीहरूका अभिभावकहरू युद्धमा मारिएर टुहुरा हुनु परेको र पढ्ने विद्यालय
समेत हिंसाको केन्द्र बनेको छ। हाल पढ्ने उमेरका बालबालिकाहरूले हतियार बोकेर
हिँड्नु परेको छ र द्वन्द्वको चपेटामा परेर अपहरित हुनु परेको जस्ता घटनाहरू बाक्लै
भइरहेका छन् । यसो हुनु भनेको मुलुकको भावी सन्ततिलाई सक्षम बनाउन नसक्नु हो।
बाल अधिकारभित्र पर्ने सम्पूर्ण कुरालाई समेट्ने गरी संयुक्त राष्ट्रसंघीय
बालअधिकार महासन्धिले यसलाई ४ वटा मुख्य अधिकारहरूमा विभाजन गरेको
पाइन्छ । बाल बचाउको अधिकार, बाल संरक्षणको अधिकार, बाल विकासको
अधिकार र बाल सहभागीताको अधिकार आदि अधिकारमा समेटेको छ । बाल
अधिकार महासन्धिलाई आधार मानेर नेपालको कानुनले समेत बालबालिकाका
अधिकारलाई व्यवस्था मिलाएको छ । बालबालिकाको संरक्षण गरी उनीहरूको
प्रतिभालाई प्रस्फुटन गराउनु आजको आवश्यकता ठहर्छ । समाज परिवर्तनशील छ,
यस्तो समाजमा प्रतिस्पर्धी नागरिक तयार गर्न बाल अधिकारको विशेष महत्त्व रहन्छ।
बालबालिकालाई आवश्यक खुशी, सुखसुविधा, शिक्षा, स्वास्थ्य आदि कुराबाट
स्वतन्त्रताको सिर्जना गरिदिनु पर्छ। यिनै कुराहरूलाई हृदयङ्गम गरी बालअधिकारको
रक्षार्थ के युवा, के वृद्ध, के शिक्षक, के कर्मचारी, के डाक्टर, के वकिल, के सरकार
सबैले आ-आफ्नो क्षेत्रबाट लाग्न जरूरी छ। बालबालिकाको अधिकारका सम्बन्धमा
आ-आफ्नो क्षेत्रबाट कदम चाल्ने क्रममा विभिन्न कार्य गरी बाल अधिकारको संरक्षण
गर्न सकिन्छ। विद्यालयमा मानवअधिकार शिक्षा कार्यक्रम सञ्चालन गर्नुपर्छ । शिक्षा
बालकको अधिकार हो भन्ने कुरा अभियानका रूपमा चेतना फैलाउन सकिन्छ। कृषि
बालश्रम न्युनीकरण कार्यक्रम ल्याउन सकिन्छ। अनौपचारिक तथा औपचारिक रूपमा
बाल शिक्षा प्रदान गर्न सकिन्छ । त्यसैगरी व्यावसायिक तालिमहरू प्रदान गरी
बालबालिकाको जीवनस्तर माथि उठाउन सकिन्छ।
Comments
Post a Comment