धुम्रपानका बेफाइाहरू बारे निबन्ध

 



धुम्ररपान भन्ने दुई शब्द मिलेर धुम्रपान बनेको हो । धुम्र भनेको धुवाँ हो पान

भनेको खानु हो । त्यसैले धुंवा खानुलाई नै धुम्रपान भनिन्छ । मानिसले धुंवा चुरोट,

बिँडी, सुर्ती, गाँजा आदि वस्तुलाई धुंवाको सेवन गर्छ । जसलाई धुम्रपान भनिन्छ ।

यसरी धुम्रपान गर्नु स्वास्थ्यको लागि हानिकारक छ।

धुम्रपान कुनैपनि कारणले फाइदाजनक छैन । यसले मानिसको स्वास्थ्यलाई हानि

पुयाउँछ । यसको सेवनले मानिसलाई विभिन्न प्रकारका रोगहरू लाग्छन् । चुरोटमा

प्रयोग गरिने सुर्तिमा मानिसको स्वास्थ्यलाई हानि पुयाउने निकोटिन रहेको हुन्छ । जुन

निकोटिनलाई विष मानिन्छ । जुन विषले धुम्रपान गर्ने व्यक्तिको श्वासनली र

फोक्सोमा असर पार्छ । यसले मानिसमा क्यान्सर रोग निम्त्याउँछ । साथै दम, खोकी,

टी.बी. जस्ता रोग समेत लाग्न सक्छ।

हामीले देख्ने गछौँ सहरबजार र गाउँघरतिर धेरै मानिसले धुम्रपान गछन् । मानिस

सजिलै धुम्रपानको लतमा लाग्दैन । ऊ देखासिकी गरेर साथीभाइको सङ्गतले यसको

लतमा लाग्छ। तर लतमा लागिसकेपछि छुटाउन भने गाह्रो हुन्छ।

घरको एकजना व्यक्तिले धुम्रपान गरेमा परिवारका सम्पूर्ण सदस्यलाई त्यसले

हानि पुयाउँछ। अथवा वरपरका व्यक्तिलाई त्यसले प्रत्यक्ष हानि पुयाउँछ । किनभने

वरपरका व्यक्तिले श्वास लिने क्रममा त्यो धुंवा उसले पनि लिन्छ । त्यसमा पनि

बालबालिकाका लागि त झन् धेरै हानि पुयाउँछ।

जो मानिस धुम्रपान गर्छ त्यसलाई कसैले मन पराउँदैन । धुम्रपान गर्ने व्यक्तिको

मुख गन्हाउँछ । उसको शरीरबाट चुरोट वा धुवाँको गन्ध आउँछ । धुम्रपान गर्ने

व्यक्तिलाई सबैले गाली गर्छन् । जसले गर्दा ऊ लज्जित बन्नुपर्छ । एउटा मान्छेका धेरै

गुणहरू राम्रा भएमा पनि धुम्रपान गरेमा स्वास्थ्य पनि बिग्रिन्छ । साथै उसको

व्यक्तित्वमा पनि गिरावट आउँछ। त्यसैले धुम्रपान नगर्नु नै वेश छ।






Comments

Popular posts from this blog

अनुशासनको महत्त्व बारे निबन्ध

शिक्षाको महत्त्व बारे निबन्ध

सूचना प्रविधिको महत्त्व बारे निबन्ध