भूगोल सम्वन्धि सामान्य ज्ञान 3

51. कति हेक्टरसम्म पानी जमेको स्थानलाई ताल भनिन्छ ?
✔️ ६ हेक्टर
52. नेपालको कति जिल्लामा खाद्यान्न सङ्कट हुने गरेको छ ?
✔️ ५५ जिल्लामा
53. नेपाली महिला सबैभन्दा बढी कुन मुलुक गएका छन् ?
✔️ कुवेत
54. महाभारत पर्वतको सबैभन्दा अग्लो स्थान ‘शैलुङ' को उचाइ कति रहेको छ ?
✔️ ३,१४८ मिटर
55. २३.५° उत्तरी अक्षांश रेखालाई कर्कट रेखा भनिन्छ भने २३.५° दक्षिणी अक्षांश
रेखालाई के भनिन्छ ?
✔️ मकर रेखा
56. चुरेन (७,३७१ मि.) र पुथा हिउँचुली (७,२४६ मि.) कुन जिल्लामा पर्दछ ?
✔️ रूकुम
57. महेन्द्र राजमार्गमा बिच्छ्याइएको अप्टिकल फाइबरको लम्बाई कति छ ? -
✔️ ८९१ कि.मि.
58. कुन देशको सहयोगमा पूर्व झापादेखि पश्चिम कञ्चनपुरसम्म अप्टिकल फाइबर बिच्छ्याइएको हो ?
✔️ भारत
59. विश्वकै अति दुर्लभ मानिएको 'ट्रपल च्याउ'को व्यवसायिक खेती नेपालको कुन जिल्लाबाट गर्न थालिएको हो ?
✔️ रोल्पा
60. पर्वतारोही क्षेत्रमा कति मिटरभन्दा माथिको उचाइलाई 'Death Zone' भनिन्छ ?
✔️ ७,५०० मिटरभन्दा माथि
61. चुरेक्षेत्रको पहिलो भू-क्षयमुक्त गाउँ कुन हो ?
✔️ डडेल्धुराको अलितालको सेरी गाउँ
62. नेपालको पहिलो पूर्णसाक्षर जिल्ला कुन हो ?
✔️ ललितपुर (२०७१ असार १ गते)
63. नेपालमा 'एक गाउँ, एक पोखरी' नीति लिने जिल्ला कुन हो ?
✔️ धनुषा
64. जैविक विविधता सूचना केन्द्र कहाँ छ ?
✔️ चितवनको टिकौली
65. खुङ्ग्रीकोट दरबार कुन जिल्लामा पर्दछ ?
✔️ रोल्पा
66. अर्थोडक्स चिया सबैभन्दा धेरै उत्पादन हुने जिल्ला कुन हो ?
✔️ इलाम
67. नलसिंहगाढ जलविद्युत् आयोजना कहाँ पर्दछ ?
✔️ जाजरकोट (४ सय ५० मेगावाट क्षमता)
68. अन्नपूर्ण संरक्षण क्षेत्रमा कति प्रजातिका उभयचर प्राणीहरू पाइन्छन् ?
✔️ २३ प्रजातिका
69. जैविक विविधताको दृष्टिले विश्वको सबैभन्दा धनी मुलुक कुन हो ?
✔️ इन्डोनेसिया
70. नेपाली तयारी पोशाकका लागि सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय बजार कुन हो ?
✔️ अमेरिका
71. प्राकृतिक ग्यास भएको मुलुकमा चीन कतिऔं स्थानमा पर्दछ ?
✔️ १३ औं
72. 'मोजाको जिल्ला' भनेर चिनिने चीनको दाताङमा वर्षमा कति जोर मोजा उत्पादन
हुँदै आएको छ ?
✔️ ८ अर्ब जोर
73. 'मोसुल' कुन एसियाली देशको द्वन्द्वग्रस्त सहर हो ?
✔️ इराक (राजधानी बग्दाददेखि ४०० कि.मि. उत्तरमा पर्ने मोसुल आतङ्ककारी समूहको नियन्त्रणमा छ)
74. 'आल्पस पर्वत' युरोप महादेशको कुन मुलुकमा पर्दछ ?
✔️ फ्रान्स
75. विश्वको कान्छो देश दक्षिणी सुडानको राजधानीको नाम के हो ?
✔️ जुवा
Comments
Post a Comment