भूगोल सम्वन्धि सामान्य ज्ञान 2

 


22. सूर्य पृथ्वीबाट कति टाढा छ ?

✔️  ९ करोड ३० लाख माइल (१४ करोड ८८ लाख कि.मि.)




23. बाहिरी सतहमा सूर्यको तापक्रम कति छ ? 

✔️ करिब ६,००० डिग्री सेन्टिग्रेड




24. सूर्यलाई कुन यन्त्रबाट हेर्न सकिन्छ ?

✔️  हेलिस्कोप (Helescope)




25. सूर्यले परिक्रमा गर्ने कक्षलाई के भनिन्छ ?

✔️  ग्यालेस्टिक सेन्टर




26. सूर्यको कुन भाग अत्यन्त तातो छ ?

✔️  मध्य भाग (तापमान १,४०,००,०००° से.)




27. पृथ्वीको तापमान कतिभन्दा बढी हुँदैन ?

✔️ ५०° से.




28. जुनसुकै राजनीतिक दलले आह्वान गरेको जतिसुकै कडा बन्द हड्तालमा पनि खुल्लै

रहने झापा जिल्लाको त्यो कुन स्थान हो ?

✔️ सुरूङ्गा बजार (९ वर्षयता सबै बन्द अवज्ञा गर्दै आएको)




29. विश्वमा हाल ४० देशमा जैविक कफी खेती गरिन्छ भने नेपाल जैविक कफी खेती

गर्ने कतिऔं नम्बरमा पर्दछ ?

✔️  आठौं




30. मदनताल' कुन जिल्लामा पर्दछ ?

✔️ पाल्पा




31. हिमाली जिल्लाको कुन उपत्यकालाई 'चाँदनी संसार' उपनामले चिनिन्छ ?

✔️  क्यान्जिन उपत्यका, रसुवा




32. बर्दिया राष्ट्रिय निकुञ्जमा कति प्रजातिका चरा पाइन्छन् ?

✔️ ४ सय ७२ प्रजातिका




33. गुराँसको राजधानी' मानिने तीनजुरे, मिल्के र जलजलेको सङ्गमस्थल कुन हो ?

✔️  गुफापोखरी




34. ३,७७६ मिटर अग्लो माउन्ट फुजी पर्वत जापानको सबैभन्दा अग्लो हिमाल (ज्वालामुखी

हिमाल) हो, अब भन्नुहोस् यो हिमाल विश्व सम्पदा सूचीमा कहिले समावेश भएको थियो?

✔️ सन् २०१३ जुन २२ मा




35. खुल्ला दिशामुक्त घोषणा भएका नेपालका प्रथम ५ जिल्लाहरू कुन-कुन

हुन् ?

✔️  कास्की,चितवन,तनहुँ,म्याग्दी र पर्वत




36. अन्नपूर्ण संरक्षित क्षेत्रमा कति प्रजातिका वनस्पति पाइन्छन् ?

✔️ १ हजार २ सय ३३ प्रजाति




37. अन्नपूर्ण संरक्षण क्षेत्रमा १ सय २ प्रजातिका स्तनधारी प्राणीहरू पाइन्छन् भने कति

प्रजातिका चराहरू पाइन्छन् ?

✔️ ४ सय ८८ प्रजातिका




38. संसारकै उच्च स्थानबाट हुने लामो पदयात्रा कुन हो ?

✔️ ग्रेट हिमालय ट्रेल, नेपाल




39. संसारकै उच्च स्थानबाट हुने लामो पदयात्रा 'ग्रेट हिमालय'को दूरी कति रहेको

✔️ १,७०० कि.मि. (सोलुखुम्बुदेखि दार्चुलासम्म)




40. 'चमत्कारिक नदी' भनेर नेपालको कुन नदीलाई भनिन्छ ? 

✔️ कालीगण्डकी




41. नेपालको पहिलो खुल्ला दिसामुक्त अञ्चल कुन हो ?

✔️  धौलागिरी (२०७० माघ १६ गते)




42. अस्ट्रेलियाको 'आर्थिक राजधानी' भनेर कुन सहरलाई बुझिन्छ ? 

✔️ सिड्नी सहर




43. हाल विश्वको कति प्रतिशत भू-भाग सिमसार क्षेत्रले ओगटेको छ ?

✔️  ६.२ प्रतिशत




44. हाल विश्वमा कतिवटा मुलुक परमाणु शक्ति सम्पन्न राष्ट्रको रूपमा चिनिन्छन् ?

✔️ ८ वटा (क्रमशः अमेरिका, रूस, बेलायत, फ्रान्स, चीन, भारत, पाकिस्तान र इजरायल)




45. देशको कुल क्षेत्रफलअनुसार सबैभन्दा बढी वनक्षेत्र भएको मुलुक कुन हो ?

✔️ सुरिनाम (कुल क्षेत्रफलको ९० प्रतिशतभन्दा बढी)




46. कुन एसियाली दुई मुलुकमा लागूपदार्थको कारोबारीलाई मृत्युदण्ड दिने व्यवस्था

छ?

✔️ मलेसिया र इन्डोनेसिया




47. चीनको सबैभन्दा लामो नदी याङ्त्से (६,३०० कि.मि.) हो भने दोस्रो लामो नदी कुन

हो ?

✔️ हवाङ हो (पहेंलो नदी), ५,४६४ कि.मि.




48. चीनले केन्द्रीय सरकारबाट प्रत्यक्ष शासन गरिँदै आएका ४ वटा सहरहरू कुन-कुन

हुन् ?

✔️  बेजिङ, साङ्घाई, तियानजीन र चोङ्गकिङ्ग




49. पृथ्वीको उत्तरी र दक्षिणी ध्रुव जोड्ने अर्धवृत्तकार काल्पनिक रेखालाई के

भनिन्छ ?

✔️  देशान्तर




50. 'मृत्युमार्ग' भन्नाले नेपालको कुन राजमार्गलाई चिनिन्छ ?

✔️ कर्णाली राजमार्ग (कर्णाली राजमार्गअन्तर्गत सुर्खेत-जुम्ला सडकखण्ड, जहाँ १ सय ५९ वटा दुर्घटना भएका छन)


Comments

Popular posts from this blog

अनुशासनको महत्त्व बारे निबन्ध

शिक्षाको महत्त्व बारे निबन्ध

सूचना प्रविधिको महत्त्व बारे निबन्ध