भूगोल सम्वन्धि सामान्य ज्ञान 1

1. नागेश्वर गुफा' कुन जिल्लामा पर्दछ ?
✔️ अर्घाखाँची
2. नेपालमा हालसम्म पनि रेडियो तथा एफ.एम.को स्थापना नभएको जिल्ला
कुन हो ?
✔️ मनाङ
3. मुलुककै सबैभन्दा बढी विद्युत् चुहावट हुने जिल्ला कुन हो ?
✔️ बर्दिया
4. नेपालको सबभन्दा लामो पुल कहाँ छ र यसको लम्बाइ कति छ ?
✔️ बर्दिया जिल्लाको कोठियाघाटस्थित कर्णाली नदीमा, १,०१५ मिटर लामो
5. चुरे क्षेत्र भन्नाले केलाई बझाउँछ ?
✔️ चुरे पहाडी शृङ्खला, सो क्षेत्र भएर बग्ने तराई-मधेस क्षेत्रसम्मको नदी प्रणाली र सोको जलाधार क्षेत्र
6. पूर्वको कर्णाली' भनेर कुन क्षेत्रलाई चिनिन्छ ?
✔️ भोटखोला क्षेत्र, सङ्खुवासभा
7. नेपाल र भारतका 'सिस्टर सिटी' नामले चिनिने दुई सहर कुन-कुन हुन् ?
✔️ धार्मिक सहर वाराणसी र धार्मिक तथा पुरातात्विक सहर काठमाडौँ, धार्मिक सहर अयोध्याय र धार्मिक नगरी जनकपुर
8. दुवै देशको 'सिस्टर सिटी'को उद्देश्य के हो ?
✔️ दुई सहरबीच सहयोग आदानप्रदान, धार्मिक पर्यटन प्रवर्द्धनमा सहयोग पुयाउनु
9. दक्षिण एसियामै सबैभन्दा बढी रूचाइएको गन्तव्य राष्ट्र कुन हो ?
✔️ नेपाल
10. एसियाको सबैभन्दा ठूलो प्रवेशद्वार कहाँ रहेको छ ?
✔️ जनकपुरधाम, नेपाल
11. दक्षिण एसियाकै तेस्रो लामो गुफा कहाँ रहेको छ ?
✔️ पोखरा (मञ्जुश्री गुफा, २५० मिटर लामो)
12. पृथ्वीको तुलनामा सूर्य कति ठूलो छ ?
✔️ - १०९ गुणा
13. सूर्य तथा अन्य ताराहरूको ताप तथा प्रकाश शक्तिको मूल स्रोत के हो ?
✔️ हाइड्रोजन-हिलियम आणविक प्रतिक्रिया
14. सूर्यको आयू केमा निर्भर हुन्छ ?
✔️ हाइड्रोजनको मात्रामा
15. सूर्यले सौर्यपरिवारका अन्य सदस्यहरूलाई कसरी समेटेको छ ?
✔️ गुरुत्वाकर्षणले गर्दा
16. सूर्यको प्रकाश पृथ्वीमा आउन कति समय लाग्छ ?
✔️ ८ मिनेट २० सेकेन्ड
17. सूर्य कति समयमा आफ्नो अक्षमा घुम्छ ?
✔️ २५ दिन ५ घन्टा
18. सूर्य के-के मिलेर बनेको हुन्छ ?
✔️ हाइड्रोजन ग्यास - ७० प्रतिशत, हिलियम ग्यास २८ प्रतिशत, र अन्य ग्यास - २ प्रतिशत
19. सूर्यबाट सबैभन्दा नजिकको तारा कुन हो ?
✔️ सेन्ताउरी (Centauri)
20. सूर्यबाट उठ्ने ज्वालालाई के भनिन्छ ?
✔️ सौर्यज्वाला (Solar Prominences)
21. सूर्यको सतहको मध्यभागमा देखिने धब्बा र चहकिलो किनाराको नाम के हो ?
✔️ Penumbra
Comments
Post a Comment